नेपाली सेना कल्याणकारी बोर्डमा आबद्ध प्रतिनिधिहरुको तीन दिवसीय “राष्ट्रिय भेला २०७२” कार्यक्रम सम्पन्न

१. नेपाली सेनाको कल्याणकारी बोर्डमा आबद्ध प्रतिनिधिहरुको तीन दिवसीय ूराष्ट्रिय भेला(२०७२ू कार्यक्रमको आज मिति २०७२ चैत २४ गते बलाधिकृत रथी श्री बलदेव राज महतले त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित एक विशेष समारोहकाबीच  समापन गर्नु भएको छ ।

२. उक्त कार्यक्रममा ५ विकास क्षेत्रका इपिसेन्टर प्रमुखहरुद्वारा इपिसेन्टरको कार्य प्रगति लगायत विविध पक्षबारे प्रस्तुतीकरण गरिएको थियो । यसैगरी, कल्याणकारी बोर्डको सांगठनिक संजाल विकासको प्रभावकारिता, स्वःरोजगारको लागि लघुबित्त कार्यक्रम, चुनौति तथा अवसर लगायतका विविध समसामयिक बिषयहरुबारे छलफल भएको थियो भने इपिसेन्टरका प्रमुखहरुद्वारा समुहगत धारणा व्यक्त गरी राय सुझाव संकलन गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रतिनिधिहरु लगायत नेपाली सेना कल्याणकारी बोर्डमा आबद्ध भूतपूर्व सैनिक तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

३. साथै, उक्त राष्ट्रिय भेला कार्यक्रममा सहभागी हुन आउनुभएका नेपाली सेना कल्याणकारी बोर्डका पदाधिकारीहरु, राष्ट्रिय सञ्जाल अन्तर्गत प्रत्येक जिल्लाका भूतपूर्व सैनिक सम्पर्क व्यक्ति एवम् जिल्लाका युनिट सम्पर्क अधिकृतहरुको साथै ५ बिकास क्षेत्र र १४ अञ्चलका अवकाश प्राप्त रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको साथै इपिसेन्टर कार्यालय प्रमुखहरु भोली मिति २०७२ चैत २५ गते सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा उपस्थित हुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको कार्यक्रमले भूतपूर्व सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र उहाँहरुको राय सुझावहरु लिई उपयुक्त रचनात्मक सुझावहरु लागु गर्ने कार्यले प्राथमिकता पाउने तथा समग्र बहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न नेपाली सेना सक्षम हुने विश्वास नेपाली सेनाले लिएको छ ।