“घोडेजात्रा समारोह २०७२” सम्पन्न

१. आज मिति २०७२ चैत २५ गते टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ राष्ट्रिय पर्व “घोडेजात्रा समारोह २०७२” भव्यताका साथ सु–सम्पन्न भयो ।

२. उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रेस,  शो जम्प, ड्रिल राईड, ग्रुप टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स पिक, भल्टिङ्ग, हर्ष ह्याण्डलिङ्ग, सिक्स बार, रेन फ्रि जम्प, म्युजिकल राइड, डग शो, हंगेरियन पोष्ट, क्रसकन्ट्रीजम्प र फायर जम्प प्रदर्शन गरिएको थियो ।

३. उक्त समारोहमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट म्यूजिकल राइडमा प्रथम हुनु हुने घोडसवार सह सेनानी उमेश पुरी र द्धितिय हुनु हुने घोडसवार प्राविधिक सह सेनानी डिल्ली नारायण श्रेष्ठ तथा शो–जम्पमा प्रथम हुनु हुने घोडसवार सेनानी बिक्रम देव थापा र द्धितिय हुनु हुने घोडसवार हुद्धा श्रवण चौधरीलाई शिल्ड प्रदान गर्नु भएको थियो ।

४. साथै, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले अन्य विधाहरुमा विजयी हुने अश्वकलाका घोडसवार खेलाडीहरु तथा साईकल दौडका विजेताहरुलाई नगद पुरस्कार वितरण गर्नु भएको थियो ।

५. कार्यक्रममा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, माननीय मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्वप्रधान सेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द एवम् अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।