सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. आज मिति २०७२ चैत्र २९ गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक समारोहकावीच सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ । सो समारोहमा सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले हार्दिक स्वागत तथा अभिवादन गर्नुभएको थियो ।

२. उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री ओलीले सि.सं.५४ अधिकृत क्याडेट आधार तालिममा पुरुषतर्पm सर्वप्रथम हुने अधिकृत क्याडेट आशिष गुरुङ्ग तथा सि.सं.४४ पदिक÷हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक अधिकृत क्याडेट नर बहादुर नाम्जालीलाई  Sword of Honour प्रदान गर्नु भएको थियो । त्यसैगरी  सि.सं.५४ अधिकृत क्याडेट आधार तालिममा महिलातर्पm सर्वप्रथम हुने महिला अधिकृत क्याडेट श्रुती कुवंरलाई Cane of Honour प्रदान गर्नु भएको थियो भने विदेशी सेनाबाट सहभागी अधिकृत क्याडेटहरु मध्ये उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका नाईजेरियाका अधिकृत क्याडेट Babatola Gabriel Elegbe  लाई  Khukuri of Honour प्रदान गर्नु भएको थियो । उक्त तालिममा नाईजेरिया, माल्दिभ्स र केन्याबाट १÷१ जना विदेशी अधिकृत क्याडेटहरु सहभागी भएका थिए । २४ महिना अवधिको उक्त तालिममा १० जना महिला अधिकृत क्याडेट, ९४ जना पुरुष अधिकृत क्याडेट, ३ जना विदेशी अधिकृत क्याडेट तथा १ जना महिला सहित २६ जना पदिक÷हुद्धा अधिकृत क्याडेट गरी जम्मा १३३ जना अधिकृत क्याडेटहरु आजबाट सहायक सेनानीको दर्जामा नियुक्त भएका छन् ।

३. सो अवसरमा नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री श्री ओलीले देश र जनताको सुरक्षाका लागि अपनाउनु पर्ने आवश्यक ज्ञान, सीप र अभ्यासले निपूर्ण बनेर सफलतापूर्वक तालिम सम्पन्न गरी नेपाली सेनाको योग्य अधिकृत बन्न सफल नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई ज्ञापन गर्नु भएकोे थियो । त्यसैगरी, प्रधानमन्त्री श्री ओलीले नेपाली सेना नेपाली जनतासंग कांधमा कांध मिलाउदै अहोरात्र जनसेवामा समर्पित भई नागरिकको मौलिक हक एवं अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकारको रक्षार्थ कटिबद्ध रहंदै आएको बताउनु भएको छ । त्यस्तै, वहांले राज्यको सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सदैव सेवक भई आफुलाई सुम्पिएको जिम्मेवारी पुरा गर्ने पक्षमा आफुलाई उदाहरणीय रुपमा प्रस्तुत गर्न नवनियुक्त अधिकृतहरुलाई सफलताको कामना समेत गर्नु भएको थियो ।

४. सोही अवसरमा प्रधानमन्त्री श्री ओलीले नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जाका शिक्षकहरु साथै वौद्धिक ज्ञान अभिबृद्धि गर्दै शैक्षिक अध्यापनतर्पm निरन्तर रुपमा योगदान पु¥याउनु हुने डिन तथा प्राध्यापकहरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५. उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री, पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।