मित्रराष्ट्र अमेरिकी सरकारद्वारा नेपाली सेनालाई Riverine Boats हस्तान्तरण

१. आज मिति २०७२ चैत्र ३० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको आतिथ्यतामा भरतपुर, चितवनस्थित श्री महेन्द्रदल गणमा एक बिशेष समारोहकाबीच मित्रराष्ट्र अमेरिकी सरकारले नेपाली सेनालाई २ वटाRiverine Boats हस्तान्तरण गरेको छ । सो अवसरमा अमेरिकी महामहिम राजदुत Ms. Alaina B. Teplitz ले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई Riverine Boats को Replica हस्तान्तरण गर्नु भएको थियो ।

२. उक्त हस्तान्तरण कार्यक्रमको शुभारम्भमा Riverine Boats को अवलोकन गर्ने कार्यक्रम रहेको थियो भने श्री नं.२ विपद् व्यवस्थापन गणका गणपति प्रमुख सेनानी श्री निर्मल ज्योती ढुङ्गानाले स्वागत मन्तव्य राख्नु हुंदै अमेरिकी सरकारको यस प्रकारको सहयोगबाट नेपाली सेनाको विपद् व्यवस्थापन क्षमतामा अभिबृद्धि हुने बताउनु भएको थियो ।

३. कार्यक्रमकै दौरान अमेरिकी महामहिम राजदुत Ms. Alaina B. Teplitz ले आफ्नो मन्तव्य राख्नु हुंदै नेपाली सेना विपद् व्यवस्थापनको लागि एक भरपर्दो र बिश्वासिलो संस्था भएको तथा मित्रराष्ट्र अमेरिकाले नेपाली जनताको सुरक्षाको लागि नेपाली सेनासँग सहयात्री भई संयुक्त रुपमा काम गर्न पाएकोमा गर्व महशुस गरेको बताउनु भयो । यसै क्रममा वँहाले प्राकृतिक प्रकोप मध्ये वर्षयाममा बाढीबाट हुने गरेको धनजनको क्षतिको पूर्व अनुभवको तथ्यांकगत आधारमा सोको न्युनिकरणको लागि च्ष्खभचष्लभ द्ययबत प्रभावकारी हुने हुँदा विपद् व्यवस्थापनमा यस प्रकारको सहयोगले नेपाली सेनालाई थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु

भयो ।

४. उक्त अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले नव वर्ष २०७३ को शुभकामना दिनु हुंदै यस प्रकारको सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिबृद्धि गर्न थप मद्दत पुग्नुको साथै निरन्तर सहयोगको लागि अमेरिकी सरकार तथा United States Pacific Command (US PACOM)  प्रति कृतज्ञता समेत व्यक्त गर्नु भयो ।

५.  यस किसिमको सहयोगले नेपाली सेनाको उद्धार कार्यमा थप मद्धत पुग्नुको साथै दुई देशबीचकोे द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

६. उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, US AID Mission तथा US AID DR4   का निर्देशक, रक्षा मन्त्रालयका सह–सचिव, अमेरिकी सैनिक सहचारी लगायत नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।