सैनिक कमाण्ड तथा स्टाफ तालिमको प्रथम प्रवचन सम्पन्न

१. नेपाली सेनाको शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालन हुने सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिमको आज मिति २०७२ बैशाख ०६ गते बलाधिकृत रथी श्री वलदेव राज महतले एक विशेष समारोहकाबीच प्रथम प्रवचन गर्नु भई तालिमको शुभारम्भ गर्नु भएको छ ।

२. कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री जगदीश चन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बलाधिकृत रथी श्री महतले शिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुदै स्टाफ कलेज प्रवेश परीक्षा उत्तीर्ण गरी तालिममा सहभागी हुनु भएका नेपाली सेनाका अधिकृतहरुलाई बधाई दिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा मित्रराष्ट्रका सैनिक अधिकृतहरुलाई तालिमको सफलताका लागि शुभकामना समेत व्यक्त गर्नु भएको छ ।  त्यसैगरी, वहांले हालको सुरक्षा स्थितिको जानकारी गराउनु भई यस तालिमले सुरक्षा नीति मजबुद बनाउन र शिक्षार्थी अधिकृतहरुको आफ्नो पेशागत क्षमता अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेे बिश्वास व्यक्त गर्नु भएको छ ।

३. उक्त तालिममा नेपाली सेनाका तर्फबाट ३९ जना सेनानीहरु तथा ३ जना सह सेनानीहरु, रक्षा मन्त्रालयबाट १ जना शाखा अधिकृत, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरीबलबाट २ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृत लगायत मित्रराष्ट्र भारत, चीन, बंगलादेश, मलेशिया, पाकिस्तान, श्रीलंका र संयुक्त राज्य अमेरिकाका १÷१ जना गरी जम्मा ५४ जना शिक्षार्थीहरु उक्त तालिममा सहभागी रहेका छन् ।

४. उक्त कार्यक्रममा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरीका वरिष्ठ अधिकृत, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु, पूर्व शिक्षाध्यक्षहरु, नेपालस्थित बिदेशी नियोगका सैनिक सहचारीहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुको परिवारजन, महिला र सज्जनवृन्दहरुको समेत उपस्थिती रहेको थियो ।