नेपाली सेनाद्वारा सोनिस अवाललाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता

१‍.    मिति २०७२ बैशाख १२ गतेको महाभूकम्पको समयमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएकोे भक्तपुर मुलढोका निवासी श्याम अवालका सुपुत्र सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ ।

२. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ बैशाख १२ गते एक समारोहकाबीच सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

३. नेपाली सेनाको उद्दारबाट पुनर्जीवन पाएका सोनिसलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ । त्यस्तै, कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा नै अध्ययन गराई सो अवधीभर निजलाई निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत नेपाली सेनाले नै उपलब्ध गराउने भएको छ ।

४. भूकम्पको समयमा घरभित्रको भग्नावशेषभित्र लामो समयसम्म रहंदा समेत चमत्कारिक रुपमा जीवित रही नेपाली सेनाको अथक प्रयासबाट उद्दार गरिएका सोनिस अवाललाई यस किसिमको शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा नेपाली सेना गौरवान्वित महशुस गर्दछ ।