प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा  मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको सेनाको औपचारिक निमन्त्रणामा US Army Command and General Staff College, Fort Leavenworth, Kansas तथा US Army War College, Carlisle Barrack, Pennsylvania  मा आयोजना हुने International Fellows Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुन हिजो मिति २०७३ बैशाख १२ गते बेलुका अमेरिका प्रस्थान गर्नु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपालस्थित अमेरिकी महामहिम राजदुत Ms. Alaina B. Teplitz, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त भ्रमणको दौरान अमेरिकी सरकारका उच्चपदस्थ अधिकारी लगायत बरिष्ठ सैनिक अधिकृतहरु तथा संयुक्त राष्ट्र संघका पदाधिकारीहरुसंग भेटघाट गर्नुका साथै विभिन्न सैनिक संरचनाहरुको समेत निरक्षिण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

५.  उक्त अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज  महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । सो भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ बैशाख २३ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।