मित्रराष्ट्र संयुक्त राज्य अमेरिका भ्रमणमा रहनु भएका प्रधान सेनापतिलाई International Hall of Fame Induction Ceremony मा सम्मान प्रदान

१. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री स्थानीय मिति अनुसार 26th April 2016 गते International Hall of Fame Induction Ceremony मा सहभागी हुनु भएको छ ।

२. अमेरिकाको US Army Command and General Staff College, Fort Leavenworth, Kansas मा तालिम गर्नु भएका प्रधान सेनापति श्री क्षत्रीको सम्मानमा Lewis and Clark Centre को Eisenhower Auditorium मा आयोजित International Hall of Fame Induction Ceremony का दौरान वहांको तस्वीर राखी सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रममा ९२ राष्ट्रका १३०० सैनिक अधिकृतहरुको उपस्थिती रहेको थियो ।

३. अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल हुनु भएका शिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधान अनुरुप प्रधान सेनापति महारथी श्री क्षत्रीलाई सो सम्मान दिईएको हो । हालसम्म उक्त International Hall of Fame मा विभिन्न राष्ट्रका गरी २६२ जना सम्मानित भईसकेको र सो मध्ये प्रधान सेनापति महारथी श्री क्षत्री २६१ औं सदस्यको रुपमा सम्मानित हुनु भएको छ ।

४. उक्त कार्यक्रम पश्चात प्रधान सेनापति महारथी श्री क्षत्रीले वहांलाई प्रदान गरेको सम्मान प्रति सम्बोधन गर्दै उक्त शिक्षण संस्था, US Army तथा अमेरिकी सरकारप्रति कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही अवसरमा वहांले International Hall of Fame को निरीक्षण भ्रमण समेत गर्नु भएको थियो ।