का.मु.प्रधान सेनापतिद्वारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका बाहिनी, गण तथा गुल्महरुको निरीक्षण भ्रमण

१. आज मिति २०७३ वैशाख १८ गते का.मु.प्रधान सेनापति रथी श्री वलदेवराज महत पूर्वी पृतना हे.क्वा. अन्तरगत बाहिनी, गण तथा गुल्महरुको निरीक्षण भ्रमणको लागि प्रस्थान गर्नु भएको छ ।

२. उक्त भ्रमणको क्रममा का.मु.प्रधान सेनापति श्री महतले ताप्लेजुङ्गस्थित श्री नयाँ रणभिम गुल्म, भोजपुरस्थित श्री रणवम गण, झापा जिल्लाको चुलाचुलीस्थित श्री नं.२१ बाहिनी अड्डा, तथा चारआलीस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

३. निरीक्षणको क्रममा का.मु.प्रधान सेनापति श्री महतले उक्त बाहिनी अड्डा, गण तथा गुल्मको हालको वस्तुस्थिति लगायत बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिनु भएको थियो । सोही क्रममा वंहाले सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुदैं आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नुपर्ने कुरामा जोड दिनु भएको थियो । निरीक्षण पश्चात वंहा आज झापा जिल्लाको चारआलीस्थित श्री कालीबहादुर गणमा मुकाम हुनु भएको छ ।

४. भोली मिति २०७३ वैशाख १९ गते का.मु.प्रधान सेनापति श्री महत सोलुखुम्बु जिल्लास्थित इम्जा तालको हवाई निरीक्षण गर्नुहुने तथा ओखलढुंगास्थित श्री शम्शेरदल गणको स्थलगत निरीक्षण गर्नु भई काठमाडांै फर्कने कार्यक्रम रहेको छ ।