प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी हिजो मिति २०७३ बैशाख २३ गते बेलुकी स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री बलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

३. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको सेनाको औपचारिक निमन्त्रणामा US Army Command and General Staff College, Fort Leavenworth, Kansas तथा US Army War College, Carlisle Barrack, Pennsylvania मा आयोजना भएको International Fellows Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुन प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ बैशाख १२ गते त्यसततर्फ प्रस्थान गर्नु भएको थियो । उक्त अवसरमा वहांलाई International Hall of Fame Induction Ceremony का दौरान उक्त दुवै शैक्षिक संस्थाहरुमा वहांको तस्वीर राखी सम्मान गरिएको थियो ।

४. भ्रमणको दौरान वहांले United States Department of Defense को मुख्यालयस्थित  Pentagon को भ्रमण गर्नुका साथै US Army का Vice Chief of Staff General Daniel B. Allyn र South & Central Asia का Assistant Secretary of State Ms. Nisha Desai Biswal संग भेटवार्ता गर्नु भएको थियो । सोही अवसरमा वहांले Arlington National Cemetery समेत गर्नु भएको थियो ।

५. सोही क्रममा वहांले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयका Department of Political Affairs (DPA) का Under Secretary General, Mr. Jeffrey Feltman, Department of Field Support (DFS) का Under Secretary General, Mr. Atul Khare, Department of Peacekeeping Operations (DPKO) का Assistant Secretary General (ASG), Mr. Dmitry Titov संग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो । यसैगरी, वहांले Chief De Cabinet HE Edmond Mulet तथा Deputy Military Advisor Maj General Adrain Foster संग संयुक्त रुपमा भेटवार्ता गर्नु भएको थियो भने न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि एवम् पदाधिकारीहरुसंग समेत भेटवार्ता र अन्तरक्रिया गर्नु भएको थियो ।

६. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र संयुक्त राष्ट्रसंघ मुख्यालय लगायतका अन्य उच्चपदस्थ पदाधिकारीहरुसंगको भेटवार्ता तथा छलफलले विश्व शान्तिको लागि नेपाली सेनाले पुर्‍याउंदै आएको बहुआयामिक योगदान र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्न थप मद्धत पुग्ने देखिन्छ । साथै, नेपाली सेना र अमेरिकी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध तथा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।