प्रधान सेनापति र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका Secretary of Navy, Mr. Ray Mabus द्वारा नवनिर्मित स्मारकको संयुक्त रुपमा अनावरण

१. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका Secretary of Navy, Mr. Ray Mabus मिति २०७३    बैशाख २९ गतेदेखि ऐ. ३१ गतेसम्म नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७३ बैशाख १३ गते काठमाण्डौ आई पुग्नु भएको छ ।

२. भ्रमणको सिलसिलामा आजै Secretary of Navy, Mr. Ray Mabus ले छाउनीस्थित “वीर स्मारक” मा ज्ञात–अज्ञात वीर शहिदहरुप्रति ध्चभबतज ीबथष्लन गर्नु भएको छ । उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले वीर स्मारकमा सम्मान गारत अर्पण गरेको थियो ।

३. सोही अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र Secretary of Navy, Mr. Ray Mabus ले विनाशकारी भूकम्प २०७२ पश्चात उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खट्टिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका नेपाली सेना, अमेरिकी सेना तथा गैहृ सैनिक नेपाली नागरिकहरुको सम्झनामा वीर स्मारक, छाउनी हाताभित्र नवनिर्मित स्मारकको संयुक्त रुपमा अनावरण गर्नु भई Wreath Laying गर्नु भएको थियो । उक्त अवसरमा उपस्थित अन्य महानुभावहरुले समेत नवनिर्मित स्मारकमा पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।

४. उक्त कार्यक्रममा सम्बोधन गर्नुहुंदै प्रधान सेनापति महारथी श्री क्षत्रीले यस प्रकारको अनावरण समारोहले गर्दा दुई राष्ट्रबीचको सम्बन्धमा थप सुमधुर हुन जाने बताउनु हुंदै भूकम्पपछिको संकटपूर्ण अवस्थामा बहादुरीपूर्वक खोज तथा उद्धारमा खट्टिने क्रममा दिवंगत नेपाली सेनाका २, अमेरिकी  सेनाका ६ र गैहृ सैनिक नागरिक ५ जनाको सम्झनाले आफुलाई दुखि तुल्याएको बताउनु भई वहांहरुको वीरतापूर्ण बलिदानलाई दुवै राष्ट्रहरुले सदैव सम्मान गर्ने बताउनु भएको छ । त्यस्तै, विनाशकारी भूकम्पको समयमा अमेरिकी सरकारबाट खोज तथा उद्धार कार्यमा पु¥याएको उच्चस्तरको सहयोगको सराहना गर्नुभई अमेरिकी सरकारप्रति कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो ।

५. त्यसैगरी, सोही समारोहमा सम्बोधन गर्नुहुंदै Mr. Ray Mabus ले विपद्को समयमा अमेरिकी सरकारको तर्पmबाट नेपाली सेनालाई हरप्रकारको सहयोग गर्न तयार रहेको बताउनु हुंदै वीरगति प्राप्त सम्पूर्ण नेपाली एवम् अमेरिकी सेनाका जवानहरुप्रति सम्मान व्यक्त गर्नु भएको थियो । सोही अवसरमा नेपालका लागि अमेरिकी महामहिम राजदुत मिस एलियाना बी टेप्लिजले समेत सम्बोधन गर्नुभई विनाशकारी भूकम्पको समयमा खोज तथा उद्धार कार्यमा खट्टि दिवंगत भएका स्वदेशी एवम् विदेशी सैनिक लगायत गैहृसैनिक नागरिकहरुप्रति सम्मान व्यक्त गर्नु भएको थियो ।

६. उक्त समारोहमा अमेरिकी महामहिम राजदुत मिस एलियाना बी टेप्लिज, नेपाली सेनाका रथीबृन्द, अमेरिकी सैनिक सहचारी, अमेरिकी राजदुतावासका पदाधिकारीहरु, लगायत दिवंगत गैहृ सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

७. यसअघि  Mr. Ray Mabusलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री वलदेव राज महतले स्वागत गर्नु भएको थियो । उक्त भ्रमण सम्पन्न गरी Mr. Ray Mabus मिति २०७३ बैशाख ३१ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।