नेपाली सेनाद्वारा "विनाशकारी भूकम्प २०७२" मा परी दिवंगत तथा बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाको परिवारजनलाई सम्मान

१. "विनाशकारी भूकम्प २०७२" को समयमा कर्तव्य पालनाको क्रममा दिंवगत भएका तथा बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाका परिवारजनलाई आज मिति २०७३ बैशाख ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच उहांहरुको सेवाको उच्च मूल्यांकन गर्दै मरणोपरान्त कदर पत्र तथा आर्थिक सहायता प्रदान गर्नु भएको छ ।

२. उक्त भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाको सेवा र त्यागलाई सम्मान गर्दै प्रधान सेनापति महारथी श्री क्षत्रीले कर्तव्यपालनाका क्रममा दिवंगत भएकाहरुको परिवारजनलाई आर्थिक सहायता स्वरुप प्रति व्यक्ति रु. १ लाख र भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएकाहरुको परिवारजनलाई प्रति व्यक्ति रु. ५० हजार प्रदान गर्नु भएको हो । उक्त भूकम्प र भूकम्पपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका २१ तथा नेपाली सेनामा कार्यरत १ निजामती कर्मचारी समेत गरी जम्मा २२ जना दिवंगत भएका थिए ।

३. यसअघि, भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएका नेपाली सेनाका उल्लेखित २२ जना सकलदर्जाको परिवारजनलाई नेपाल सरकार र नेपाली सेनाकोतर्फबाट विभिन्न शीर्षकमा गरी प्रति परिवार करिव रु. १५ लाख बराबरको आर्थिक सहायता समेत उपलब्ध गराई सकिएको छ । उक्त सम्मान समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृत लगायत भूकम्पमा परी दिवंगत भएका नेपाली सेनाका परिवारजनहरुको उपस्थिति रहेको थियो ।

४. विगतको उक्त भूकम्पमा परी रसुवा जिल्लास्थित लाङटाङ तथा मैलुङ ईलाकामा हालसम्म बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाको नेपाली सेनाले चार चरणमा खोजी कार्य गरी सकेको छ । उक्त विभिन्न चरणका गरिएका खोजी कार्यहरुमा हालसम्म नेपाली सेनाका १ र गैर सैनिक नागरिक २०२ जनाको शव फेला पारि आफन्तजनलाई बुझाई सकिएको छ भने सनाखत हुन नसकेको अन्य ६ जनाको शव पहिचानको लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा पठाईएको छ । भूकम्पमा परी बेपत्ता भएकाहरुको खोजीको लागि नेपाली सेना अनवरतरुपमा गम्भीरतापूर्वक खट्टिरहेको छ भने सोही कार्यलाई निरन्तरता दिदै आज मिति २०७३ बैशाख ३१ गतेबाट पुनः पांचौ चरणको खोजी कार्य शुरु गरेको छ ।

५. भूकम्पको समयमा दिवंगत भएका वीर सैनिकहरुलाई नेपाली सेना सम्मान प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा सदैव सहयोग र सहानुभूतिको लागि नेपाली सेना प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छ ।