प्रधान सेनापतिद्वारा सहायक रथी श्री शरद कुमार गिरीलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७३ जेठ २ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री शरद कुमार गिरीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । सहायक रथी श्री गिरीलाई मिति २०७३ वैशाख ३० गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । वहांसँगै सोही बैठकको निर्णय अनुसार महा सेनानी श्री ताराध्वज पाण्डे, महा सेनानी श्री विनोद पाण्डे, महा सेनानी श्री निरञ्जन कुमार श्रेष्ठ र महा सेनानी श्री अशोक सिग्देल समेत सहायक रथी दर्जामा बढुवा हुनु भएको छ ।

२. मन्त्रीपरिषद्को उक्त बैठकले उपरथी श्री शरद कुमार गिरीलाई उपत्यका पृतना हे.क्वा.को जिम्मेवारी सम्हाल्ने गरी सोही पृतनाको पृतनापतिमा पदस्थापन गरेको छ ।