प्रधान सेनापतिद्वारा बाग्लुङ्ग जिल्लास्थित मालढुङ्गा-टाकुरे सडक खण्डको समुद्घाटन

१. नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोर सडक अन्तर्गत बाग्लुङ जिल्लास्थित मालढुङ्गा-टाकुरे सडक खण्डको निर्माण कार्य सम्पन्न भएको उपलक्ष्यमा आज मिति २०७३ जेठ ०५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक कार्यक्रमबीच उक्त सडकखण्डको समुद्घाटन गर्नु भएको छ ।

२. नेपाली सेनाले उक्त सडक खण्ड अन्तर्गत विभिन्न सेक्टर गरी ५४ कि.मि. सडक खण्डको ट्रयाक खोल्ने जिम्मेवारी पाए पश्चात् २०७० बैशाख महिनाको दोश्रो हप्ताबाट फौज परिचालन भई निर्माण कार्य संचालन गरेको थियो । सोही सडक खण्ड अन्तर्गत मालढुङ्गा-टाकुरेसम्मको १४ कि.मि. सडक खण्डको निर्माण कार्य सम्पन्न भएकोले प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त सडक खण्डको समुद्घाटन गर्नु भएको हो ।

३. उक्त समुद्घाटन कार्यक्रममा माननीय सांसद तथा विकास समितिका सभापति श्री रविन्द्र अधिकारी, माननीय सांसद श्री प्रकाश पौडेल, नेपाली सेनाका रथीबृन्द, नेपाल सरकारका पदाधिकारीहरु, स्थानीय संचारकर्मी तथा सरोकारवालाहरु लगायत स्थानीय भद्र भलाद्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

४. सो समुद्घाटन कार्यक्रम पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्रीले बाग्लुङ जिल्लास्थित श्री नं. २३ बाहिनी अड्डाको निरिक्षण भ्रमण गर्नु भएको छ । प्रधान सेनापति महारथी श्री क्षत्री आजै गोरखास्थित श्री भैरवीदल गणको २३१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनु भई भोली मिति २०७३ जेठ ०६ गते काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।