सि.सं.३ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन

१. नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा मिति २०७२ फाल्गुन ०२ गतेबाट संचालन भएको सि.सं.३ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको आज मिति २०७३ जेष्ठ ७ गते एक बिशेष समारोह बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले अन्तिम प्रवचन गर्नु भई तालिमको समापन गर्नु भएको छ । उक्त तालिममा २५ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

२. कार्यक्रमको सम्बोधन गर्नुहुंदै प्रधान सेनापति महारथी श्री क्षत्रीले हालको जटिल एवम् बदलिंदो परिस्थितिमा Higher Command and Management Course (HCMC) को महत्वमाथि प्रकाश पार्नुहुंदै यस तालिम संचालनबाट शिक्षार्थीहरुको उच्चतम निर्णायक शक्ति र योजना गर्ने क्षमतामा अभिबृद्धि हुने कुरामा जोड दिनु भएको छ । त्यसैगरी, वहांले यस तालिमले नेपाली सेनाका जेष्ठ अधिकृतहरुलाई संगठनको विकास र छविलाई क्षेत्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्न समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

३. सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त तालिमले शिक्षार्थीहरुलाई भविष्यमा आइपर्ने चुनौतिको सामना गर्न, युद्ध तथा लडाईका कला विकास गर्न र अपरेशनल योजनाहरु तयार पार्न मद्दत गर्नुका साथै फौजहरुलाई प्रभावकारी एवं सकारात्मक ढंगबाट परिचालन गर्न तथा सहि योजना, व्यवस्थापन एवं नेतृत्वकलामा विकास गर्दै प्राप्त जिम्मेवारीलाई भविष्यमा कुशलतापूर्वक सम्पन्न गर्न समेत थप सहयोग पु¥याउने वताउनुभयो ।

४. यसै क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेना राष्ट्रिय हितको निमित्त प्रतिबद्ध रहि सदैव विभिदताको सम्मान गर्दै सहयोगी एवं समन्वयात्मक ढंगबाट अघि बढी जनता र दायित्वलाई सदैव पहिलो प्राथमिकतामा राखि कार्य गर्ने संस्था भएको बताउनु हुँदै यस संस्थाले सदैव ईमान्दारीताका साथ निश्वार्थ भावनाले साहसिक ढंगबाट अनुशासित भई आफ्नो कर्तव्य पूरा गर्दै आई रहेको कुरा समेत व्यक्त गर्नु भयो ।

५. अन्तमाः प्रधान सेनापति श्री क्षत्रीले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पुर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई ज्ञापन गर्नुका साथै तालिम संचालनको समयमा सहयोग पु¥याउनुहुने सबै विभाग, संस्था, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, संचार गृहका प्रतिनिधिहरु, आमन्त्रित शिक्षक, प्राध्यापक, विभिन्न बिषयहरुसंग सम्बन्धित प्राज्ञिक तथा बिज्ञहरुलाई आप्mनो अमूल्य समय दिई शिक्षार्थी अधिकृतहरुलाई ज्ञान तथा अनुभवहरु प्रदान गर्नु भएकोमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । साथै, यस तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन पु¥याएको योगदानको निमित्त सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, नेपाली सैनिक वार कलेज र अन्य सम्बन्धित सबैलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

६. प्रधान सेनापति श्री क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुनु हुने महा सेनानी श्री पदम सिंह ठकुरी "Best Student Award",  शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु.३०,०००।— तथा Academic Writing तर्फ प्रथम हुनु हुने महा सेनानी श्री चोक बहादुर ढकाल प्रमाणपत्र तथा नगद रु.२०,०००।— र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

७. यस अघि समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षकको भूमिका निर्वाह गर्नुभएका श्री उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी श्री शरद कुमार गिरीले स्वागत मन्तव्य  दिनुभएको थियो ।

८. उक्त समापन कार्यक्रममा रक्षा सचिव, पूर्व प्रधान सेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, अन्य सुरक्षा निकायका वरिष्ट अधिकृतहरु, विभिन्न विषयका प्राध्यापक तथा विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरु, सैनिक शिक्षालयका पूर्व शिक्षाधिकृतहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु, संचार गृहका प्रतिनिधिहरु लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।