भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ जेठ १२ गते नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरुलाई सहभागी गराई श्री त्रिभुवन आर्मी अफिसर्स क्लबमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२. सो भेटघाट कार्यक्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु हुदै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । मन्तव्यकै क्रममा उहाँले नेपाली सेना सम्बन्धी समसामयीक विषयवस्तु लगायत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा अद्यावधिक गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भएको थियो ।

३. त्यसै क्रममा हाल सेनाको उच्च स्तरको अपरेशलन तयारी कायम राख्न तालिम, योजना र बन्दोबस्ती लगायतका विषयहरुलाई उच्चस्तरको बनाउनुपर्नेमा जोड दिनुहुँदैं उहाँले पूननिर्माण, विकास निर्माण तथा प्रकृति संरक्षण तर्फ नेपाली सेनाको भूमिकाका बारेमा समेत अवगत गराउनु भएको थियो ।

४. उक्त, अवसरमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताको ठूलो विश्वास एवं अपेक्षालाई अक्षुण्ण राख्नु नेपाली सेनालाई चुनौती र अवसर भएको बताउनु भएको थियो । त्यसै अवसरमा बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरुले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई मध्यनजर राखी सकारात्मक योगदान दिने रुपमा प्रकाशित गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको थियो ।

५. सोही अवसरमा नेपाली सेनाको वस्तुस्थिती, कल्याणकारी योजना तथा मानव अधिकार सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने महान्यायधिवक्ताको कार्यालयबाट समसामयीक विषयहरुमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा, बलाधिकृत रथी श्री बलदेवराज महतले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

६. यस किसिमको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

७. उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महान्यायधिवक्ता श्री हरि फुयाँल, रक्षा सचिव श्री महेश प्रसाद दाहाल, पूर्व प्रधान सेनापतिहरु, सम्पूर्ण पि.एस.ओज. रथीबृन्दहरु, अवकास प्राप्त रथीबृन्दहरु, विभिन्न निर्देशनालयका निर्देशक लगायत विभिन्न पृतनाका प्राड प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।