नेपाली सेनाद्वारा अस्थायी सामुहिक आवास पुनर्निर्माण कार्य शुभारम्भ

१. विनाशकारी भूकम्प २०७२ बाट विस्थापित भई पालमा जीवन निर्वाह गर्न बाध्य भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगाका भूकम्प पीडितहरुलाई बर्षा अगाडी नै अस्थायी सामुहिक आवासमा सार्ने नेपाल सरकारको निर्णय बमोजिम अस्थायी आवास पुननिर्माणको जिम्मेवारी शहरी विकास मन्त्रालय र नेपाली सेनाले प्राप्त गरेको छ ।

२. सोही वमोजिम नेपाली सेनाले उल्लेखित ११ वटा जिल्लाको विभिन्न ४५ वटा स्थानहरुमा गरी कुल ४४० जना परिवारलाई अस्थायी आवास निर्माण गर्ने भएको छ । उक्त अस्थायी सामुहिक आवास पुननिर्माण कार्यको जिम्मेवारी पाएसंगै नेपाली सेनाले प्रारम्भीक कार्य शुभारम्भ गरेको छ ।

३. विनाशकारी भूकम्पबाट विस्थापित भूकम्प पीडितहरुमा पर्न गएको असुविधा र असहजताको कारण उनीहरुको जीवनयापनलाई सामान्यीकरण गर्न नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई दक्ष जनशक्तिको परिचालन गरी मिति २०७३ आषाढ १० गतेभित्र छोटो समयमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

४. नेपाली सेना, नेपाल सरकारबाट सुम्पिएका जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्न तथा पुनर्निर्माण जस्तो पूनित कार्यमा सहभागी हुन पाएको गौरभान्वित महसुस गर्दछ । साथै, पुनर्निर्माण जस्तो राष्ट्रिय अभियानको दायित्व निर्वाह गर्न तथा राष्ट्रिय हित र राष्ट्रवासीको कल्याणको लागि सदैव समर्पित रहने विश्वास नेपाली सेना सबैमा दिलाउन चाहन्छ ।