“प्रतिविद्रोह तथा जंगल वारफेयर” तालिममा विदेशी शिक्षार्थीहरु सहभागी

१. बारा जिल्लाको अमलेखजगञ्जस्थित श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा प्रथम पटक विदेशी शिक्षार्थीहरु सहभागी गराई आज मिति २०६७ माघ ०९ गतेबाट “प्रतिविद्रोह तथा जंगल वारफेयर” तालिम सञ्चालन गरिएको छ । सो तालिमको आजै उक्त शिक्षालयमा आयोजित एक कार्यक्रमका बीच सैनिक विनय महानिर्देशक उपरथी श्री अनिल जंग थापाले प्रथम प्रवचन गर्नुभयो । २. मिति २०६७ चैत्र २५ गतेसम्म सञ्चालन हुने सो तालिममा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, मलेसिया, पाकिस्तान र श्रीलंकाका आठजना लगायत नेपाली सेनाका ३१ जना गरी जम्मा ३९ जना शिक्षार्थी अधिकृतहरु सम्मिलित रहेका छन् ।