नेपाली सेना र राष्ट्रिय सूचना आयोगका आयुक्तहरुबीच सूचनाको हक सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ जेठ २८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री तथा पि.एस.ओज. रथीबृन्दहरुसंग राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटा लगायतका पदाधिकारीहरुबीच सूचनाको हक सम्बन्धी जंगी अड्डामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

२. कार्यक्रमको शुभारम्भमा सूचनाको हकसम्बन्धी व्यवस्था र नेपाली सेनामा यसको कार्यान्वयनको सम्बन्धमा नेपाली सेनाका जनसम्पर्क निर्देशक सहायक रथी श्री तारा बहादुर कार्कीद्वारा प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरी, नेपाली सेनामा सूचनाको हक सम्बन्धी कार्यान्वयन भए नभएको सम्बन्धमा निरीक्षण गर्न खट्टिनु भएका पूर्व सचिव श्री आत्माराम पाण्डेले सूचनाको हक सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो ।

३. उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आप्mनो मन्तव्य व्यक्त गर्नुहुंदै सार्वजनिक सरोकारका संस्थाहरुको काम कारबाहीलाई पारदर्शी, खुल्ला, नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन जारी भएको सूचनाको हक सम्बन्धि ऐन २०६४ का विषयमा नेपाली सेना पूर्णरुपमा सू(सूचित रहेको बताउनु भएको छ । साथै, संवैधानिक रुपमै ब्यवस्था भएको सूचनाको हकसम्बन्धि नागरिकहरुको अधिकारको उच्च सम्मान गर्दै यसप्रति नेपाली सेनाको पूर्ण प्रतिबद्धता रहेको समेत स्पष्ट पार्नु भएको  थियो । सोही अवसरमा रक्षा सचिव श्री महेशप्रसाद दाहालले समेत आप्mनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. सोही अवसरमा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाबाट सूचनाको हकको महत्व र उपयोगीता सम्बन्धमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको अन्त्यमा प्रमुख सूचना आयुक्तले निर्देशन सहितको समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

५. उक्त कार्यक्रममा रक्षा सचिव श्री महेशप्रसाद दाहाल, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सूचना अधिकारी सह सचिव श्री कुलप्रसाद चुडाल लगायत रक्षा मन्त्रालय र राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

६. यस किसिमको समसामयिक छलफलले सूचनाको हक सम्बन्धी व्यवस्था र ऐनका बारेमा थप जानकार हुन सहयोगीसिद्ध भएको एवं आगामी दिनमा समेत यस किसिमका छलफलले निरन्तरता पाउने विश्वास नेपाली सेनाले लिएको छ ।