प्रधान सेनापतिद्वारा बाहिनी, गण तथा अस्थायी आवास निर्माण स्थलहरुको निरीक्षण

१. आज मिति २०७३ असार २ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको मध्य पृतना अन्तर्गतको बाहिनी, गण तथा अस्थायी आवास निर्माण स्थलहरुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले सिन्धुलीस्थित श्री नं.९ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीलाई उक्त बाहिनीका बाहिनीपति सहायक रथी श्री जीत बहादुर गुरुङ्गले जिम्मेवारी क्षेत्रको बस्तुस्थिती लगायत हाल भईरहेको अस्थायी आवास निर्माणको प्रगति प्रतिवेदनको समेत प्रस्तुती गर्नु भएको थियो । सोही क्रममा सिन्धुलीस्थित ढुंग्रेबासमा भूकम्प पीडितहरुको लागि निर्माणाधिन अस्थायी आवास भवनहरुको समेत अवलोकन गर्नु भएको थियो ।

३. त्यसैगरी उहाँले आजै सर्लाहीस्थित श्री रणशेर गणको निरीक्षण गर्नुको साथै श्री विशेष फौज बाहिनी अन्तर्गत श्री महावीर गण (रेञ्जर) बाट हेटौंडामा प्रर्दशन गरिएको तालिमको अभ्यासको समेत निरीक्षण गर्नु भएको थियो । निरीक्षणकै क्रममा मकवानपुर जिल्लाको भिमफेदी गा.वि.स. वडा नं.४ स्थित विर्ता हात्तिसारमा नेपाली सेनाले भूकम्प पीडितहरुको लागि निर्माण गरिरहेको अस्थायी आवास भवनको पनि अवलोकन गर्नु भएको थियो ।

४. निरीक्षणको दौरान सकल दर्जालाई सम्बोधन गर्नु हुंदै प्रधान सेनापति श्री क्षत्रीले राष्ट्रिय हित र स्वार्थहरुको संरक्षण, सम्बद्र्धन एवम् प्रबद्र्धनमा नेपाली सेनाले योगदान दिनुपर्ने तथा स्थानीय प्रशासनलाई सहयोग गरी प्रकृति संरक्षण, राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा समेत सहयोग गर्नु पर्ने बताउनु भयो । सम्बोधनकै क्रममा स्थानीय तहदेखि नागरिक–सैनिक सम्बन्धको महत्व बुझेर कार्य गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने अस्थायी आवास निर्माण जस्तो राष्ट्रिय अभियानको दायित्व निर्वाह गर्न तथा राष्ट्रिय हित र राष्ट्रवासीको कल्याणको लागि सदैव समर्पित रहन समेत निर्देशन दिनु हुँदै निर्धारित समयावधि भित्रै निर्माण सम्पन्न गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।

५. विनाशकारी भूकम्पबाट बढी क्षति भएको ११ जिल्लामा स्थानीय भूकम्प पीडितहरुको बासस्थानको लागि सामूहिक आवास भवन पुनर्निर्माण गर्ने जिम्मेवारी पाए लगत्तै नेपाली सेनाले पुनर्निर्माणको कार्य तीब्र रुपमा जारी राखेको छ । जस अन्तर्गत नेपाली सेनाले भूकम्पबाट प्रभावित ११ वटा जिल्लाको कठिन एवं दुर्गम विभिन्न ३६ वटा स्थानहरुमा गरी कुल ४६८ जना परिवारलाई अहोरात्र खट्टिई अस्थायी आवास निर्माण गर्ने कार्य गरिरहेको छ । विभिन्न पुनर्निर्माण भईरहेको स्थलहरुमा हेलिकप्टरबाट सामानहरु ढुवानी गर्ने, निर्माणस्थलहरुमा माटो फिलिङ गर्ने, डिपीसी गर्ने, पोलहरु गाड्ने, गाह्रो लगाउने, झ्याल ढोकाहरुको फ्रेम बनाउने, छाना छाउने तथा ट्वाईलेटहरुको निर्माण गर्ने आदि कार्यहरु दु्रत गतिमा भईरहेको छ । नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिई दक्ष जनशक्तिको परिचालन गरी मिति २०७३ आषाढ १० गतेभित्र छोटो समयमा नै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । सोही बमोजिम हालसम्म करिब ३६ प्रतिशत कार्य सम्पन्न समेत भईसकेको छ भने सो कार्यको लागि नेपाली सेनाका करिब २३०० जनशक्ति परिचालित भएको छ ।

६. उक्त निरीक्षण भ्रमणमा नेपाली सेनाका सम्बन्धित रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । प्रधान सेनापति श्री क्षत्री निरीक्षण भ्रमण सम्पन्न गरी आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।