प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री UNIFIL मिशन लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक टोलीको निरीक्षण भ्रमणको लागि आज लेवनान प्रस्थान गर्नुहुंदै

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको नेतृत्वमा ७ सदस्यीय एक उच्चस्तरीय भ्रमणदल आज मिति २०७३ आषाढ ०६ गते बेलुकी संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNIFIL मिशन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिक टोलीको निरीक्षण भ्रमणको लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमण दलमा रक्षा सचिव श्री महेश प्रसाद दाहाल, प्राड उपरथी श्री होम कुमार लावती लगायत अन्य रथीबृन्द र प्रधान सेनापतिको पाश्र्ववती रहेका छन् ।

२. उक्त भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले शान्ति स्थापना कार्यको लागि UNIFIL मिशन लेबनानमा तैनाथ गण तथा पोष्टहरुको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले UNIFIL का Head of the Mission, Force Commander लगायत संयुक्त राष्ट्रसंघका उच्च पदस्थ पदाधिकारीहरुसंग समेत भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।

३. सन् १९५८ देखि हालसम्म नेपाली सेनाबाट एक लाख भन्दा बढीले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापना कार्यमा बिभिन्न क्षेत्र र ओहोदामा रही कार्य गरिसकेका छन् । त्यसैगरी, हाल युनिफिल मिशन लेबनानमा श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फाको ८४९ जनाको नफ्री तैनाथ रहेको छ । संयुक्त राष्ट्रसंघबाट अनुरोध भई आए अनुसार सर्वप्रथम सन् १९५८ मा नेपाली सेनाबाट UNOGIL (Lebanon) मा ५ जना सैनिक पर्यवेक्षकको रुपमा संलग्न गराई शान्ति स्थापना कार्यको शुरुवात गरिएको थियो ।

४.  उक्त अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । सो भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ आषाढ १२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

५. यस किसिमको शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्नुको साथै संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।