प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री युनिफिल मिशन लेबनानमा

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनिफिल मिशन लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक टोलीको निरीक्षण भ्रमणको लागि हिजो मिति २०७३ आषाढ ०६ गते बेलुका त्यसतर्फ प्रस्थान गर्नु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री हिजै लेबनान पुग्नु भएको छ ।

२. निरीक्षण भ्रमणको लागि प्रस्थान गर्नु अघि प्रधान सेनापति महारथी श्री क्षत्रीलार्ई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री वलदेव राज महतले बिदाई गर्नु भएको थियो । यसअघि वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गारत समेत अर्पण गरेको थियो । उक्त अवसरमा बिदाईका लागि नेपाली सेनाका रथीबृन्द, नेपालस्थित संयुक्त राष्ट्रसंघका Acting Resident Co-ordinator Mr. Tomoo Hozumi तथा काठमाण्डौस्थित विभिन्न बिदेशी नियोगका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले आज मिति २०७३ आषाढ ०७ गते लेबनानको Yarze स्थित Lebanese Armed Forecs (LAF) को सैनिक मुख्यालयमा LAF Commander General Jean Kahwaji संग भेटवार्ता गर्नुहुने तथा शान्ति स्थापना कार्यको लागि युनिफिल  मिशन लेबनानमा तैनाथ श्री गोरखदल गण (शा.से.) ५७ औं डफ्फाको गण हे.क्वा. को निरीक्षण भ्रमण गरी सकलदर्जालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

४. साथै, निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले भोली मिति २०७३ आषाढ ०८ गते शान्ति स्थापना कार्यको लागि उक्त गण हे.क्वा. अन्तर्गत लेबनानको विभिन्न स्थानहरुमा तैनाथ पोष्टहरुको निरीक्षण भ्रमण गर्नुहुने छ ।