प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र युनिफिलका उच्च पदस्थ पदाधिकारीहरुबीच भेटवार्ता

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनिफिल मिशन लेबनानमा तैनाथ रहेको नेपाली शान्ति सैनिक टोलीको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ आषाढ ०९ गते United Nations Interim Force in Lebanon (UNIFIL) का Sector East Commander संग भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताको क्रममा वहांहरुबीच युनिफिल मिशन लेबनानका विविध पक्षहरुका साथै नेपाली शान्ति सैनिकहरुको भूमिका सम्बन्धमा छलफल भएको थियो ।

२. त्यसैगरी, आजै प्रधान सेनापति महारथी श्री क्षत्रीले नाकुरास्थित युनिफिल हे.क्वा. को निरीक्षण भ्रमण गर्नुको साथै युनिफिलका The Head of Mission and Force Commander संग समेत भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई युनिफिल हे.क्वा. मा सैनिक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।