अमेरिकी हेलिकप्टर दुर्घटनामा दिवंगत भएका नेपाली सैनिकका परिवारलाई आर्थिक सहयोग प्रदान

१. विनाशकारी भूकम्पको समयमा मिति २०७२ बैशाख २९ गते खोज तथा उद्धार कार्यको लागि दोलखाको सुनखानी क्षेत्रमा गएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुंदा दिवंगत भएका नेपाली सैनिकका परिवारको लागि अमेरिकास्थित सिकागो निवासी नेपाली समुदायहरुको समन्वयमा संकलित रकम आज मिति २०७३ आषाढ १३ गते The Wingman Foundation का प्रतिनिधिले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गर्नु भएको छ ।

२. सिकागो निवासी नेपाली समुदाय र श्री अमृत कडेंलको पहलतामा The Wingman Foundation द्वारा संकलन गरिएको रकम रु. १ लाख ६३ हजार ५ सय ६० रुपैया मध्ये प्रति परिवारलाई रु. ८१ हजार ७ सय ८० रुपैया मृतक सैनिकका परिवार समक्ष पु¥याउनका लागि आज उक्त कार्यक्रममार्पmत नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । उक्त दुर्घटनामा परी नेपाली सेनाका तत्कालिन सह सेनानी तपेन्द्र बहादुर रावल र जमदार बसन्त बहादुर तितराले वीरगति प्राप्त गरेका थिए । निजहरुले देश, जनता र नेपाली सेनालाई पु¥याएको योगदानको कदर स्वरुप मिति २०७२ बैशाख २९ गतेबाट मरणोपरान्त एक दर्जा माथि क्रमशः सेनानी र सुवेदार दर्जामा पदोन्नति गरिएको थियो ।

३.  उक्त कार्यक्रमको अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले सहयोगको लागि आभार व्यक्त गर्नुका साथै उक्त रकम सम्बन्धितको परिवार समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सोही अवसरमा नेपाली सेनाका रथीबृन्द, अमेरिका निवासी नेपाली नागरिक श्री कृष्ण लामिछाने, भाग्यले बाँचेकाहरु डकुमेन्ट्रीका निर्देशक श्री गणेश पाण्डे, श्री डम्मर साहुको उपस्थिति रहेको थियो ।

४. नेपाली सेनाको त्याग, समर्पण र बहादुरीलाई सम्मान गर्दै मृतक सैनिकका परिवारलाई आर्थिक सहयोग प्रदान गरीदिनु भएकोमा सिकागो निवासी सम्पूर्ण नेपाली समुदाय र The Wingman Foundation प्रति नेपाली सेना हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ ।