संयुक्त राष्ट्रसंघका Assessment and Advisory Visit (AAV) प्रतिनिधिहरुद्वारा शा.से. युनिटहरुको मिशन तैनाथी तयारीको निरीक्षण

१. आज मिति २०७३ आषाढ १७ गते न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका Assessment and Advisory Visit (AAV) प्रतिनिधिहरुद्वारा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ तैनाथ हुन जाने शा.से. युनिटहरुको मिशन तैनाथी तयारीको निरीक्षण गर्नु भएको छ । उक्त निरीक्षण टोलीमा संयुक्त राष्ट्रसंघका Department of Field Service Lt. Col. Dieter Lussem, Logistic Support Division का Ms. Anna Liss Gazzola र Global Peace Operation Initiative (GPOI) का Mr. Richard Maloney को सहभागीता रहेको छ ।

२. निरीक्षणको दौरान वहांहरुले सितापाईलास्थित युद्धकवच गणमा अवस्थित Major Equipment (ME), Level-1 Hospital का सामानहरु तथा APC Command Post र APC Ambulance को निरीक्षण गर्नु भएको थियो । त्यसैगरी, छाउनीस्थित महावीर गण (रेञ्जर) र जगदल गणमा रहेका Self Sustainment (SS) Item, Armament Store, Bulk Store, हतियार तथा एम्यूनिशन एवं Sea Container मा रहेका सामानहरुको समेत निरीक्षण गर्नु भएको थियो । सोही अवसरमा वहांहरुले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र बलाधिकृत रथी श्री वलदेव राज महतसंग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको छ ।

३. यसअघि, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई जंगी अड्डामा AAV सम्बन्धी प्रस्तुतीकरण समेत गरिएको थियो । उक्त निरीक्षण कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको सहभागीता रहेको थियो । निरीक्षणकै दौरान वहांहरुले भोली मिति २०७३ आषाढ १८ गते पांचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुभई उक्त केन्द्रद्वारा प्रस्तुत डेमोष्ट्रेशनको समेत अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।