नेपाली सेनाद्वारा पहिरो पीडितको उद्धार

१. विगत केहि दिनदेखि परेको अविरल बर्षाको कारण धादिङ जिल्ला रि गा.वि.स. वडा नं.९ को चेप्राङ्गमा गएको पहिरोको कारण उद्धार हुन नसकेका ७ जना स्थानीय बासिन्दाहरुलाई आज मिति २०७३ आषाढ १९ गते काठमाण्डौबाट गएको नेपाली सेनाको हेलिकप्टर तथा Disaster Assistance and Rescue Team (DART)  र धादिङ जिल्लास्थित नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले सकुशल उद्धार गरेको छ ।

२. उद्धार गरिएका मध्ये ४ जनालाई सदरमुकाम धादिङबेशीमा ल्याई थप उपचारको लागि नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयमा बुझाईएको छ भने अन्य ३ जनालाई रि गाउंको मेलेडांडामा उद्धार गरिएको छ ।

३. नेपाली सेना कुनैपनि प्राकृतिक विपद्को घडीमा उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरि जनधनको क्षतीको न्युनीकरण गर्न तत्काल परिचालित हुनसक्ने गरि सदैव तयारी अवस्थामा रहेको आमजनसमुदायमा बिश्वास दिलाउन चाहन्छ ।