नेपाली सेनाद्वारा पहिलो चरणको अस्थायी सामूहिक आवास भवन हस्तान्तरण कार्य पूर्णरुपमा सम्पन्न

१. नेपाली सेनाद्वारा धादिङ जिल्लाको विकट स्थानमा निर्माण गरिएको अस्थायी सामुहिक आवास भवन आज मिति २०७३ आषाढ २२ गते नेपाली सेनाले स्थानीय प्रमुख जिल्ला अधिकारी एवं गा.वि.स. प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ ।

२. भौगोलिक विकटता, यातायातको असुविधा तथा प्रतिकुल मौसमको कारण निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न बांकी रहेको धादिङ्ग जिल्लाको लापा, रि र शेरतुङ गा.वि.स.   का ३ वटा स्थानहरुमा अस्थायी सामुहिक आवास भवन निर्माण कार्य सम्पन्न गरी आज नेपाली सेनाले सम्बन्धित सरोकारवालाहरुलाई हस्तान्तरण गरेको हो । साथै, अन्य स्थानहरुमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सामुहिक आवास भवन मिति २०७३ आषाढ १० गते नै सम्बन्धित सरोकारवालाहरुलाई हस्तान्तरण गरीसकेको थियो ।

३. यससंगै नेपाल सरकारको निर्णय बमोजिम भूकम्प पीडितहरुको जीवनयापनलाई सामान्यीकरण गर्न नेपाली सेनाले जिम्मा पाएको पहिलो चरणको अस्थायी सामुहिक आवास भवन निर्माण कार्य आजबाट पूर्णरुपमा सम्पन्न भएको छ ।

४. ूविनाशकारी भूकम्प २०७२ू बाट विस्थापित भई पालमा जीवन निर्वाह गर्न बाध्य भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगा जिल्लाको विभिन्न ३६ स्थानका ४६८ भूकम्प पीडित परिवारहरुलाई लक्षित गरी नेपाली सेनाद्वारा निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

५. नेपाली सेना, नेपाल सरकारबाट सुम्पिएका जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्न तथा अस्थायी आवास निर्माण जस्तो पूनित कार्यमा सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गर्दछ । साथै, यस प्रकारको राष्ट्रिय अभियानको दायित्व निर्वाह गर्न तथा राष्ट्रिय हित र राष्ट्रवासीको कल्याणको लागि सदैव समर्पित रही रहने विश्वास नेपाली सेना सबैमा दिलाउन चाहन्छ ।