नेपाली सेनाको उच्चस्तरीय भ्रमणदल भारत प्रस्थान

१. भारतीय सेनाको फिल्ड ईलाकामा तैनाथ उच्च फर्मेशनहरुमा प्रशासनिक, तालिम, कल्याणकारी तथा अन्य विविध पक्षहरुको व्यवस्थापन पद्दतीसम्बन्धी अध्ययन गर्ने उद्देश्यले नेपाली सेनाका बरिष्ठ अधिकृतहरुबाट मिति २०६७ माघ १४ गते बाट मिति २०६७ माघ २१ गते तदानुसार 28 January बाट 04 February 2011 सम्म हुने भारत भ्रमणको सिलसिलामा उपरथी श्री दमन बहादुर घलेको नेतृत्वमा सात सदस्यीय भ्रमण दल आज मिति २०६७ माघ १४ गते भारतको नयाँदिल्लीतर्फ प्रस्थान गर्‍यो । २. सो भ्रमण दलद्धारा नयाँदिल्ली हुँदै लखनउ, बरेली, रानीखेत, नैनीताललगायतका स्थानहरुमा अवस्थित भारतीय सेनाको केन्द्रिय कमाण्ड र अन्तरगतका विभिन्न फर्मेशन हे.क्वा.हरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै भ्रमण कार्यक्रमको अन्त्यमा टोली नेता उपरथी श्री घलेबाट नयाँदिल्लीस्थित सैनिक मुख्यकार्यालयमा भारतीय स्थलसेनाध्यक्षसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । ३. नेपाली सेना र भारतीय सेनाबीच आपसी सद्भाव अभिबृद्धि गर्दै द्विपक्षीय हितका विषयहरुलाई बढावा दिने उद्देश्यले दुवै देशका सेनाहरुबाट समय समयमा यस प्रकारका भ्रमण कार्यक्रमहरु सम्पन्न हुँदै आएका छन् ।