गमला हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ श्रावण १० गते कृषिमा व्यावसायिकरणको जागरण अभियानमा कार्यरत अष्ट “ज” अभियान नामक संस्थाले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री समक्ष गमला हस्तान्तरण गर्ने तथा उत्पादन र व्यावसायिकरणको सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे अन्तरक्रिया गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

२. कार्यक्रमकै दौरान उक्त संस्थाका अध्यक्ष श्री लोककृष्ण भट्टराईले आर्थिक विकासका निम्ति आठ “ज” अर्थात् जल, जमिन, जंगल, जडीबुटी, जराजुरी, जनावर, जलवायु र जनशक्तिको उपयोगिताको उपयुक्त वातावरण निर्माणका निम्ति सम्बन्धित पक्षलाई दबाब सिर्जना गर्ने एवं उपयुक्त वातावरण निर्माण गर्न सघाउने उद्देश्य अनुरुप सो संस्थाको स्थापना भएको बताउनु भयो ।

३. उक्त अवसरमा प्रधान सेनापति श्री क्षत्रीले यस प्रकारको कार्यक्रम संचालन गरेकोमा उक्त संस्थालाई धन्यवाद दिनु हुंदै नेपाली सेनाले पनि सरसफाई तथा स्वास्थ्य मैत्री कार्यक्रमलाई अभियानकै रुपमा लागु गर्न "Go Green Campaign" को शुरुवात गरेको बताउदैं नेपाली सेनाले पनि चाँडै नै अवकाश प्राप्त सैनिक व्यक्तिहरुलाई कृषि सम्बन्धी प्राविधिक तथा व्यावसायिक तालिम संचालन गर्न लागेको समेत जानकारी गराउनु भएको छ ।

४. कार्यक्रमकै क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको बताउनु भएको छ । त्यसैगरि, उँहाले नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको समेत बताउनु भएको छ । साथै नेपाली सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी गराउनु भएको छ ।

५.  यस किसिमको सहयोगले सरकारी तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको सहकार्यले ग्रामीण आधारभूत आवश्यकता परिपूर्तिका लागि तथा विकासका पूर्वाधारका रुपमा विभिन्न निकाय एवं स्थानीय विकासका योजना, कार्यक्रम तथा संस्कृतिको प्रवद्र्धन गर्न मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

६. उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, उक्त संस्थाका पदाधिकारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।