नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री वितरण

१. अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ ।

२. सोही क्रममा आज मिति २०७३ श्रावण १५ गते सप्तरी जिल्लास्थित नेपाली सेनाको श्री कृष्णदल गणले सोही जिल्लाको कोर्वसाईन गा.वि.स.को वडा नं.४ र ५, कौलावी गा.वि.स.को वडा नं.७ र ८ तथा रामपुर मटहनिया गा.वि.स.को वडा नं.५ का बाढी पीडित ३६१ परिवारलाई श्री सैनिक श्रीमती संघद्वारा सहयोग स्वरुप प्राप्त भएको खाद्यान्न, कपडा तथा २५० थान मण्डीहरु वितरण गरेको छ । सो राहत वितरण कार्यक्रममा श्री नं.१८ बाहिनीका बाहिनीपति सहायक रथी श्री सुवर्ण बहादुर शाह, श्री कृष्णदल गणका गणपति, जिल्ला रेडक्रसका सभापति लगायत स्थानीय भद्रभलाद्मीहरुको सहभागिता रहेको थियो ।

३. त्यसैगरी, आजै प्युठान जिल्लास्थित श्री गोरखबक्स गणले सोही जिल्लाको फोप्ली, लुङ, खवाङ, पुजा, अर्खा र माझकोट गा.वि.स.को बाढी पहिरो पीडित ९४ घर परिवारहरुलाई श्री सैनिक श्रीमती संघद्वारा सहयोग स्वरुप प्राप्त खाद्यान्न, कपडा तथा ९४ थान मण्डी र नेपाली सेनालाई रोटरी क्लब, काठमाडौंद्वारा सहयोग स्वरुप प्राप्त २०० थान AQUA-BOX मध्ये ९४ थान AQUA-BOX  वितरण गरेको छ । साथै फोप्ली ३ का सवै आफन्तहरु पहिरोमा गुमाएका बालिकाहरु सेमी पुन र छेमी पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आजै जिल्ला सदरमुकामको सेफ हाउसमा ल्याएको छ । सोही राहत वितरण कार्यक्रममा श्री गोरखबक्स गणका गणपति, श्री सैनिक श्रीमती संघका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीहरुको सहभागिता रहेको थियो ।

४. नेपाली सेना बाढी तथा पहिरोको कारण उत्पन्न मानवीय संकटको घडीमा संवेदनशिल भई निस्वार्थ भावनाले देश र जनताप्रति उत्तरदायी भई यस प्रकारको सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस गर्नुका साथै अनवरत रुपमा देश र जनताप्रति समर्पित रहने बिश्वास दिलाउन चाहन्छ ।