उपप्रधान, रक्षा तथा गृहमन्त्रीद्वारा नेपाली सेनालाई धन्यवाद ज्ञापन

१. आज मिति २०७३ श्रावण १७ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच माननीय उपप्रधान, रक्षा तथा गृहमन्त्री श्री भीम बहादुर रावलले नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

२. उपप्रधान, रक्षा तथा गृहमन्त्री श्री रावलले नेपाली सेनाले विनाशकारी भूकम्पमा खोज, उद्धार तथा राहत कार्यमा खेलेको महत्वपूर्ण भूमिका, राष्ट्र विकास, पर्यावरण संरक्षण, अस्थायी सामुहिक आवास निर्माण, विश्व शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर‍्याएको योगदान लगायत बाढी पीडितहरुको उद्धार तथा राहत कार्यको उच्च कदर र सराहना गर्नुहुंदै नेपाली सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको हो ।

३. त्यसैगरी, सोही अवसरमा वहांले नेपाली सेनाले राष्ट्रिय सुरक्षाको अहम जिम्मेवारी वहन गर्नुपर्ने हुंदा नेपाली सेनाको क्षमतामा अभिबृद्धि गरी आधुनिकिकरण गर्दै संगठनात्मक सुदृढीकरण समेत गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

४. सोही अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समेत नेपाली सेना र रक्षामन्त्रालयबीचको सौहार्दपूर्ण सम्बन्ध कायम राख्न निर्वाह गर्नु भएको भूमिका तथा नेपाली सेनाको कार्यहरुमा वहांको सहयोगको उच्च कदर गर्दै सम्मान एवं धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५. उक्त कार्यक्रममा रक्षा सचिव महेश प्रसाद दहाल, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।