प्रधान सेनापतिद्वारा नवलपरासीस्थित श्री बज्रदल गणको निरीक्षण भ्रमण

१. आज मिति २०७३ श्रावण १९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नवलपरासीस्थित नेपाली सेनाको श्री बज्रदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरिक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणकोे बन्दोबस्ती, तालिम लगायत हालको बाढी पहिरो र नेपाली सेनाले गरेका कार्यहरुको बारेमा जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा वहांले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकलदर्जालाई बिशेष जोड दिनु भएको थियो ।

३. सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले भरतपुरमा संचालन भईरहेको तेश्रो "चितवन च्याम्पियनशिप कप २०७३" फुटबल प्रतियोगिताको फाईनल खेलको समेत अवलोकन गर्नु भएको थियो ।

४. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।