प्रधान सेनापतिद्वारा जाजरकोट(डोल्पा (दुनै) सडकको डोल्पा जिल्ला प्रवेश समुद्घाटन

१. नेपाली सेनाद्वारा निर्माणाधिन जाजरकोट(डोल्पा (दुनै) सडकको डोल्पा जिल्ला प्रवेश आज मिति २०७३ श्रावण २३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक कार्यक्रमबीच समुद्घाटन गर्नु भएको छ ।

२. नेपाली सेनाले उक्त सडक खण्डको कुल लम्बाई ११७.७७ कि.मि. ट्रयाक खोल्ने जिम्मेवारी पाए अनुरुप हालसम्म १०४ कि.मि. ट्रयाक खोल्ने कार्य सम्पन्न गरीसकेको छ । सोही सडक खण्ड अन्तर्गत जाजरकोट(डोल्पा (दुनै) सडकको डोल्पा जिल्ला प्रवेशको कार्य सम्पन्न भईसकेको हुंदा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त जिल्ला प्रवेशको समुद्घाटन गर्नु भएको हो ।

३. यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीले रुकुम जिल्लाको मन्काबगरदेखि डोल्पा जिल्लाको त्रिवेणीसम्म ७७ कि.मि. सडक खण्डको स्थलगत निरीक्षण गर्नु भई यातायात शुभारम्भ गर्नु भएको थियो । सोही अवसरमा वहांलाई स्थानीयवासीहरुले स्वागत समेत गरेका थिए ।

४. उक्त समुद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक, नेपाली सेनाका रथीबृन्द, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव, अर्थ मन्त्रालयका उप सचिव, संचारकर्मी तथा सरोकारवालाहरु लगायत स्थानीय भद्र भलाद्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

५. सो कार्यक्रम पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्रीले आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।