नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम Balance Nail 16-5530 संचालन

१. आज मिति २०७३ श्रावण २४ गतेदेखि नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको ODA 1223, B Company, 2nd Battalion, 1st Special Forces Group (Airborne) बीच छाउनीमा Balance Nail 16-5530 तालिम विभिन्न चरणहरुमा पुरा हुने गरी संचालन भएको छ ।

२. श्री महावीर गण (रेञ्जर) हे.क्वा., छाउनी र श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगन्ज र पोखरा ईलाकामा करिब दुई महिनासम्म संचालन हुने उक्त तालिममा Human Rights and Law of  Land Warfare, Jungle Tracking/Counter Tracking, Jungle Survival, Jungle Night Operations, Jungle Communications/Antennas, Helicopter Landing Zone (HLZ) setup, Cache emplacement/recovery, Personnel Grouping/ Identifying, Tactical Combat Casualty Care (TCCC) in a Jungle environment and in a Mountain environment, Special Reconnaissance/Stalking/Camouflage, Defensive Combat Marksmanship (CMMS), Military Crisis Action Planning (HA/DR MDMP), Small Unit Tactics, High Altitude Mountaineering and a Culmination Exercise (CULEX)   आदि बिषयहरु समावेश गरिएको छ । यस प्रकारको संयुक्त तालिम नेपाली सेना र अमेरिकी सेनाको Special Forces बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको   छ ।

३. उक्त तालिम संचालन पूर्व मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी टोली मिति २०७३   श्रावण २१ गतेसम्म आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो ।

४. दुई देश बीचका सैनिकहरु सहभागी भई संचालन हुने यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । साथै, यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देशका सेनाको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।