सैनिक कल्याणकारी कोषको वर्तमान अवस्था तथा कल्याणकारी गतिबिधिहरु सम्बन्धमा प्रेस कन्फरेन्स सम्पन्न

१. आज मिति २०७३ श्रावण ३२ गते त्रिभुवन आर्मी अफिसर्स क्लबको कान्तिपुर कक्षमा नेपाली सेना सैनिक कल्याणकारी कोषको वर्तमान अवस्था तथा कल्याणकारी गतिबिधिहरु सम्बन्धमा सरोकारवाला आम लक्षित समुदायलाई जानकारी गराउने उद्देश्यका साथ प्रेश कन्फरेन्स सम्पन्न भएको छ ।

२. बार्षिक रुपमा नेपाली सेना कल्याणकारी कोषको विविध गतिविधि तथा कार्यक्रमहरुबारे जानकारी गराउने उद्देश्यले अयोजना गरिएको उक्त प्रेश कन्फरेन्समा सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी श्री गौरव तण्डुलले कल्याणकारी कोषको आयश्रोत, कोषको बर्तमान आर्थिक अवस्था, कोषबाट हालसम्म संचालित कल्याणकारी कार्यहरु, आर्थिक बर्ष ०७२/७३ मा कोषबाट संचालन भएका कल्याणकारी कार्यहरु र आ.व. ०७३/७४ मा कोषबाट संचालनको क्रममा रहेका कल्याणकारी कार्यहरुबारे बिस्तृतमा जानकारी गराउनु भएको थियो ।

३. “बहुजन हिताय, बहुजन सुखाय” आदर्श वाक्य रहेको सैनिक कल्याणकारी कोषबाट नेपाली सेनाले स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, विमा, परिवार आवास र सिपमूलक व्यवसायिक तालिम जस्ता कल्याणकारी कार्यहरु संचालन गर्दै आईरहेको छ भने “सैनिक ऐन २०६३” तथा “सैनिक कल्याणकारी कोष नियमावली २०६५” को परिधिभित्र रही कोष पारदर्शी ढंगले संचालित हुंदै आईरहेको छ ।

४. नेपाली सेना संयुक्त राष्ट्रसंघीय मिशनमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकहरुमा सहभागी भए बापत प्राप्त करिब रु. १ करोड २४ लाख बाट वि.सं. २०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना भएको । २०७२ आषाढ मसान्तसम्म रु. ३० अर्ब ३५ करोड रहेकोमा २०७३ आषाढ मसान्तसम्ममा रु. २ अर्ब ७१ करोडले बृद्धि भई रु. ३३ अर्ब ६ करोड पुगेको छ । त्यसैगरी कोष अन्तर्गतका विभिन्न निकायहरुमा २०७३ आषाढ मसान्तसम्म गरिएको लगानी रु.४ अर्ब ४१ करोड (लेखा परिक्षण अगावै) लाई समेत समावेश गर्दा २०७३ आषाढ मसान्त सम्ममा कोषको कुल सम्पत्ति रु. ३७ अर्ब ४७ करोड रहेको छ ।