प्रधान सेनापति र मित्रराष्ट्र बंगलादेशको National Defence College (NDC) sf Air Vice-Marshal M Sanaul Huq बिच भेटवार्ता

१. आज मिति २०७३ श्रावण ३२ गते नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशकोNational Defence College (NDC) का Air Vice-Marshal M Sanaul Huq को नेतृत्वमा आएको भ्रमणदलले जंगी अड्डामा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्तामा दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो । भेटवार्ता पछि भ्रमणदललाई नेपाली सेनाबारे ब्रिफिङ्ग भएको थियो भने उक्त भ्रमणदलले नेपाली सेनाका पि.एस.ओज. रथीबृन्दहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गरेको थियो ।

२. बंगलादेशी सेनाका Air Vice-Marshal M Sanaul Huq को नेतृत्वमा २२ सदस्यीय भ्रमण दल मिति २०७३ श्रावण ३१ गते नेपाल भ्रमणको लागि आई पुगेको थियो । नेपाल बसाईको क्रममा उक्त भ्रमणदलले सम्माननीय प्रधानमन्त्री, दक्षिण एशियाली सहयोग संगठन (सार्क) का महासचिव तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमणदलले मिति २०७३ भाद्र १ गते शिवपुरी स्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज तथा मिति २०७३ भाद्र ३ गते नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हे.क्वा. र जोमसोस स्थित सैनिक उच्च शिखर शिक्षालयको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

३. उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी मिति २०७३ भाद्र ५ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।