नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०७३ श्रावण २९ गते “प्रधान सेनापतिको शैक्षिक प्रमाणपत्रमा केरमेट” भनी प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको जन्म मिति सम्बन्धमा केहि अनलाईन संचारमाध्यमहरुमा सरोजराज अधिकारीद्वारा संप्रेषण भएको समाचारहरुप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. आम जनमानसमा सत्य तथ्य खबर सम्प्रेषण गर्नुपर्ने सञ्चार माध्यमहरुले यस प्रकारका भ्रामक खबर सम्प्रेषण गर्नु ज्यादै दुःखद एवं निन्दनीय विषय हो ।

३. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको वास्तविक जन्म मिति २०१७ साल मंसिर १ गते भएको तथा उहांको सम्पूर्ण प्रमाणपत्रहरुमा समेत उल्लेखित मिति नै जन्म मितिको रुपमा रहेको कुरा नेपाली सेना स्पष्ट गराउन चाहन्छ ।

४. त्यसैगरि, उहाँको नेपाली सेनामा भर्नाको उमेरको हकमा तत्काल प्रचलित “शाही नेपाली सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण नियमहरु २०२०” को नियम ३ (क) मा उल्लेख भए बमोजिम सहायक सेनानी दर्जामा भर्ना हुन छनौट हुने वर्षको बैशाख १ गते १७ वर्ष पुरा भई २१ वर्ष ननाघेको (स्नातक तह उत्तीर्णको हकमा २४ वर्ष ननाघेको) हुनु पर्ने भन्ने प्रावधानको अधिनमा रही सैनिक सेवामा प्रवेश गर्नु भएको समेत नेपाली सेना प्रष्ट्याउन चाहन्छ ।

५. तसर्थ यस प्रकारको भ्रामक एवं कपोलकल्पित समाचार सम्प्रेषणले गौरवमय ईतिहास बोकेको नेपाली सेनाको छविमा आँच पु¥याउने हुनाले कुनै पनि समाचार सम्प्रेषण गर्नु पूर्व सो बिषयबस्तुको गाम्भीर्यता र संम्वेदनशीलतालाई ध्यानमा राखी गहिराईमा अध्ययन गरेर समाचार संम्प्रेषण गर्दा आम जनमानसमा सहि संन्देश प्रवाह हुने कुरालाई मनन् गरी समाचार संम्प्रेषण गर्नुहुन नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।