नवनियुक्त माननीय रक्षामन्त्रीलाई नेपाली सेना सम्बन्धि परिचयात्मक जानकारी

१. आज मिति २०७३ भाद्र १२ गते नेपाली सेनाद्वारा नवनियुक्त माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

२. कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुको साथै नवनियुक्त रक्षा मन्त्रीलाई बदाई ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्बन्धित विभागका रथीबृन्दहरुबाट नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्यदिशा एवं अपरेशनल गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।

३. उक्त कार्यक्रममा माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडले आप्mनो मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा  पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्नु भयो । साथै, नेपाल राष्ट्रको रक्षा गर्नु हामी सवैको जिम्मेवारी रहेको तथा नेपाली सेनाले नेपाल निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आई रहेको र नेपाली सेना प्रति आफ्नो एवं सम्पूर्ण नेपालीहरुको उच्च सम्मान रहेको बताउनु भयो । वहाँले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिनु हुंदै नेपाली सेनाले सिमित साधन र श्रोतको बावजुत पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मुल्यांकन गर्नु भयो । साथै, विभिन्न समयमा वीरगती प्राप्त गरेका नेपाली सैनिकहरुको वीरताको कदर गर्नु हुदैं हार्दिक समवेदना समेत व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा बलाधिकृत रथी श्री बलदेव राज महतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. उक्त कार्यक्रममा रक्षा सचिव श्री महेश प्रसाद दहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।