प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पुर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७३ भाद्र १४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा संखुवासभा जिल्लाको खांदबारी स्थित श्री श्रीदल गुल्म र धनकुटा जिल्लाको हिले स्थित श्री नं.२ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही अवसरमा वहांले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री आज हिले स्थित श्री नं. २ बाहिनी अड्डामा मुकाम रहनु हुने कार्यक्रम रहेको छ । साथै, वहाँ भोली मिति २०७३ भाद्र १५ गते सप्तरी जिल्लाको राजबिराज स्थित श्री कृष्णदल गण र झापा जिल्लाको तोपगाछी स्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण गर्नु भई काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।