नेपाली सेनाको उच्चस्तरीय भ्रमणदल भारत भ्रमण गरि स्वदेश फिर्ता

१. भारतीय सेनाको फिल्ड ईलाकामा तैनाथ उच्च फर्मेशनहरुमा प्रशासनिक, तालिम, कल्याणकारी तथा अन्य विविध पक्षहरुको व्यवस्थापन पद्दती सम्बन्धी अध्ययन गर्ने उद्देश्यले नेपाली सेनाका बरिष्ठ अधिकृतहरुबाट मिति २०६७ माघ १४ गतेदेखि मिति २०६७ माघ २१ गते तदानुसार January 28 देखि February 04, 2011 सम्मको भारत भ्रमणको सिलसिलामा उपरथी श्री दमन बहादुर घलेको नेतृत्वमा मिति २०६७ माघ १४ गते भारततर्फ गएको सात सदस्यीय भ्रमण दल मिती २०६७ माघ २१ गते नेपाल फिर्ता भयो । २. सो भ्रमण दलद्धारा नयाँदिल्ली हुँदै लखनउ, बरेली, नैनीताल, रानीखेत,बाबुगड लगायतका स्थानहरुमा अवस्थित भारतीय सेनाको केन्द्रिय कमाण्ड र अन्तरगतका विभिन्न फर्मेशन हे.क्वा.हरुको भ्रमण गरेको थियो । उक्त भ्रमण कार्यक्रमको अन्त्यमा टोली नेता उपरथी श्री घलेबाट नयाँदिल्लीस्थित सैनिक मुख्यकार्यालयमा भारतीय स्थलसेनाध्यक्ष र सह– स्थलसेनाध्यक्षसँग भेटघाट गर्नु भएको थियो । ३. नेपाली सेना र भारतीय सेनाबीच आपसी सद्भाव अभिबृद्धि गर्दै द्विपक्षीय हितका विषयहरुलाई बढावा दिने उद्देश्यले गरिएको यो भ्रमण ज्यादै फलदायी रहेको छ ।