प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पुर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७३ भाद्र १४ गते श्री पुर्वी पृतना हे.क्वा. अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा आज मिति २०७३ भाद्र १५ गते सप्तरी जिल्लाको राजबिराज स्थित श्री कृष्णदल गण र झापा जिल्लाको तोपगाछी स्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ ।

३. नियमित निरीक्षण भ्रमणको क्रममा श्री पुर्वी पृतना हे.क्वा.अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।