प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा “प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७३” को समुद्घाटन

१. हिजो मिति २०७३ भाद्र १५ गते लगनखेलस्थित श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक बिशेष समारोहकाबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७३” को समुद्घाटन गर्नु भएको थियो ।

२. उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री रमेश कुमार पुनले स्वागत मन्तव्य राख्नु भएको थियो । समारोहको प्रारम्भमा सहभागी ११ वटा टिमले मार्च पाष्ट प्रस्तुत गरेका थिए । यसैगरि, ६ वटै पृतनाहरुको संयोजनमा फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

३. नेपाली सेनाको ६ वटा पृतनाहरु तथा मद्दती फौज, निर्देशनालय र बिशेष फौज गरी जम्मा १८ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, ह्याण्डबल, साईक्लिङ्ग, कबड्डी लगायतका खेलहरु समावेश गरिएको छ । साथै, महिलाको सहभागिता बढाउने उद्धेश्यले यस बर्षबाट एथ्लेटिक्स तथा बक्सिङ तर्फ महिलाका केही ईभेन्टस्हरु थप गरिएको छ ।

४. उक्त समुद्घाटन कार्यक्रममा रक्षा सचिव श्री महेश प्रसाद दहाल, अन्य सुरक्षा निकायका प्रमुखहरु, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा पदाधिकारीहरु, अखिल नेपाल फुटबल संघको पदाधिकारी, रथीबृन्द, नेपालस्थित बिदेशी सैनिक सहचारीहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

६. उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट शुरु गरिएको “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता” राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुदको विकासका लागि कोसेढुङ्गा साबित हुने नेपाली सेनाले विश्वास लिएको छ ।