प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरिया प्रस्थान गर्नुहुदैं

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको नेतृत्वमा ३ सदस्यीय भ्रमणदल मित्रराष्ट्र फिलिपिन्स तथा दक्षिण कोरियाको औपचारिक भ्रमणको सिलशिलामा भोलि मिति २०७३ भाद्र १८ गते प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

२. भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड र फिलिपिन्स सेनाको संयुक्त तत्वावधानमा फिलिपिन्सको मनिलामा मिति २०७३ भाद्र २० गतेदेखि ऐ.२२ गतेसम्म संचालन हुने एसिया प्रशान्त क्षेत्रिय देशहरुको सैनिक प्रमुखहरुको बार्षिक सम्मेलन २०१६ (Annual Chiefs of Defense Conference 2016) तथा मित्रराष्ट्र दक्षिण कोरियाको सियोलमा Republic of Korea Army ले मिति २०७३ भाद्र २२ गतेदेखि ऐ.२५ गतेसम्म आयोजना गर्ने प्रतिरक्षा सामाग्री प्रदर्शनी (Defense Expo Korea 2016) मा सहभागी हुनुहुने छ ।

३.  उक्त अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । सो भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७३ भाद्र २६ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।