“प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७३” सम्पन्न

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्र परिसरको खेल मैदानमा “प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७३” को आज मिति २०७३ भाद्र २९ गते एक विशेष समारोहका बीच समापन गर्नुभएको छ ।

२. उक्त कार्यक्रम समापनको अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले प्रधान सेनापति पृतना रनिङ शिल्ड फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल श्री हवाई सुरक्षा निर्देशनालयलाई ट्रफि, नगद, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो भने द्वितीय स्थान हासिल गर्न सफल श्री मध्यपश्चिम पृतना र तृतीय स्थान हासिल गर्न सफल श्री मध्य पृतना हे.क्वा.टिमका खेलाडीहरुलाई नगद, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो । त्यसैगरि, रियो ओलम्पिक २०१६ मा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न सफल खेलाडीहरु श्री सुदुर पश्चिम हवाई सुरक्षा ब्याट्रीकी प्युठ सरस्वती भट्टराई (एथलेटिक्स १५०० मि.) र त्रिभुवन आर्मी क्लबसंग आवद्ध शिरिष गुरुङ्ग (पौडी १०० मि. फ्रिस्टायल) लाई सम्मान गरिएको थियो ।

३. पुरस्कार वितरणकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले ‘अजेयबल ट्रफि’ पुरुषतर्फ श्री पशुपति प्रसाद गणका अम. दिपक श्रेष्ठ र महिलातर्फ श्री जगदल गणकी प्युठ कृष्णा कुमारी चौधरीलाई प्रदान गर्नु भएको छ । यसैगरि, खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाको गरिमालाई उच्च राख्न योगदान पु¥याउनु भएका जुडो प्रशिक्षक श्री ईन्द्र डंगोललाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले लाईफ टाइम अचिभमेण्ट अवार्डबाट विभिन्न खेलका ६ जना पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मानित गर्नुभएको थियो । सम्मानित हुने खेलाडीहरुमा तेक्वान्दोका जम. ध्रुव बहादुर गुरुङ्ग (अ.प्रा.) र अमल्दार शंकर तामाङ्ग      (अ.प्रा.), फुटबलका प्राविधिक जमदार बाबुकाजी धौवन्जार (अ.प्रा.), बक्सिङका हुद्धा पूर्ण बहादुर गुरुङ्ग   (अ.प्रा.), भारत्तोलनका हुद्धा ज्ञान बहादुर श्रेष्ठ (अ.प्रा.) र पौडीका अमल्दार सिताराम शाही (अ.प्रा.) रहेका थिए ।

४. प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७३ को समापन कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री रमेश कुमार पुनले समापन मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

५. नेपाली सेनाले “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने भनाईलाई आत्मसाथ गर्दै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले विभिन्न स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुको साथै अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको तर्फबाट खेलाडीहरु सहभागी गराई सफलता हासिल गर्दै आएको छ । यसैगरि, यस प्रतियोगिताले नेपाली सेनाको जवानहरुमा शारिरीक सुगठन, अनुशासन एवं चारित्रिक विकासमा समेत उल्लेख्य योगदान पुर्‍याउने नेपाली सेनाले विश्वास लिएको छ ।