प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा श्री मध्य पृतना हे.क्वा. तथा श्री हवाई सुरक्षा निर्देशनालय अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७३ भाद्र ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा श्री मध्य पृतना हे.क्वा. अन्तर्गत रहेको धादिङ्ग जिल्लाको बैरेनी स्थित श्री नं. ६ बाहिनी अड्डा तथा श्री हवाई सुरक्षा निर्देशनालय अन्तर्गत रहेको मकवानपुर जिल्लाको सुनाचुरी स्थित श्री नं. १ जगदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही अवसरमा वहांले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको छ ।

३. निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति श्री क्षत्री आज चितवन जिल्लाको भरतपुर स्थित श्री महिन्द्रदल गणमा मुकाम रहनु हुने कार्यक्रम रहेको छ । साथै, निरीक्षण भ्रमणको क्रममा वहाँले भोली मिति २०७३ आश्विन १ गते बारा जिल्लामा नमुना ब्यारेकको रुपमा निर्माण भएका भौतिक पुर्वाधारहरुको समुद्घाटन गर्नु भई मकवानपुर जिल्लाको हेटौडा स्थित श्री मध्य पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ । त्यसैगरि, मिति २०७३ आश्विन २ गते श्री उपत्यका पृतना हे.क्वा. अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको भकुण्डेबेसी स्थित श्री नं. २६ बाहिनी अड्डाको निरीक्षण गर्नु भई काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।