प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा बारा जिल्लामा निर्माण भएको नमुना ब्यारेकको भौतिक पूर्वाधारहरुको समुद्घाटन ।

१. निरिक्षण भ्रमणको क्रममा आज मिति २०७३ आश्विन १ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा श्री मध्य पृतना हे.क्वा. अन्तर्गत बारा जिल्लामा नेपाली सेनाको लागि निर्माण भएको नमुना ब्यारेकको भौतिक पूर्वाधारहरुको एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको छ । प्रधान सेनापति श्री क्षत्री आज मध्य पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

२. निरिक्षण भ्रमण कै सिलसिलामा प्रधान सेनापति श्री क्षत्रीले मिति २०७३ आश्विन २ गते श्री उपत्यका पृतना हे.क्वा. अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको भकुण्डेबेसी स्थित श्री नं. २६ बाहिनी अड्डाको निरीक्षण गर्नु भई काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।

३. प्रधान सेनापति श्री क्षत्रीले निरिक्षण भ्रमणको पहिलो दिन विभिन्न युनिटहरुको भ्रमणको क्रममा हिजो मिति २०७३ भाद्र ३१ गते भरतपुरस्थित मानव सेवा आश्रममा जानु भई सो आश्रमलाई सहयोग स्वरुप कम्बल तथा नगद समेत हस्तान्तरण गर्नु भएको थियो ।