प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) अभ्यासको समुद्‍घाटन

१. नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयूक्त आयोजकत्वमा मिति २०७३ आश्विन ४ गतेदेखि ऐ.७ गतेसम्म संचालन हुने १० राष्ट्र सहभागी रहेको DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE)  अभ्यासको आज मिति २०७३ आश्विन ४ गते काठमाण्डौं स्थित Yak & Yeti Hotel मा कार्यक्रमका प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले पानसमा दिप प्रज्वलन गर्नु भई समुद्‍घाटन गर्नु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीले समुद्घाटनको क्रममा यस कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा खुसी व्यक्त गर्नु हुदैं यस्ता अन्तर्राष्ट्रिय स्तरको अभ्यासले कुनै पनि किसिमको विपद् व्यवस्थापन गर्न थप मद्दत मिल्नुको साथै विपद् पूर्व तयारीमा समेत ठोस मद्दत मिल्न गई विविध प्रकारका विपद्बाट पार्न सक्ने असरहरुलाई न्युनिकरण गर्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । यस अभ्यासले विपद् व्यवस्थापनको विद्यमान कानून, कार्यप्रणाली तथा संगठनात्मक संरचनाको अध्ययन गर्दै विपद् व्यवस्थापनमा चुस्त एवम् असरदार सामुहिक सहकार्यको लागि उपयुक्त संरचना एवम कार्यप्रणालीको विकास गरी ठुला विपद्हरुमा समेत सहज र असरदार मानवीय सहायता पुर्‍याउन उपलब्धीमुलक हुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा वहाँले कार्यक्रममा सहभागी जनाउने सम्पुर्ण राष्ट्र, अमेरिकी सरकार, US Pacific Command, US Army Pacific,  मानव अधिकार संघ, संयुक्त राष्ट्र संघ, नेपालको सरकारी तथा गैह्र सरकारी संघ संस्था लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नु भयो ।

३. उक्त कार्यक्रमको दौरान नेपाल सरकारका सचिव बिनोद के.सी., नेपालका लागि अमेरिकी राजदुत Alina B. Teplitz तथा संयुक्त राष्ट्रसंघीय आवशिय संयोजक Ms. Valeri Julliand,  ले समेत आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

४. उक्त अभ्यासको समुद्घाटन कार्यक्रममा रथीबृन्द, अन्य सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, संचारकर्मी लगायत अन्य विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका पदाधिकारीहरु समेत गरी करिव २०० जनाको उपस्थिती रहेको थियो ।