बलाधिकृत रथी श्री बलदेव राज महतद्वारा DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) अभ्यासको समापन

१. नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयुक्त आयोजकत्वमा मिति २०७३ असोज ४ गतेबाट सञ्चालन भएको DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) अभ्यासको आज मिति २०७३ असोज ७ गते काठमाण्डौ स्थित Yak & Yeti Hotel मा कार्यक्रमका प्रमुख अतिथि बलाधिकृत रथी श्री बलदेवराज महतले समापन गर्नु भएको छ ।

२. बलाधिकृत रथी श्री महतले अभ्यास समापन मन्तव्यको क्रममा उक्त समारोहमा सहभागी हुने अवसर पाएकोमा खुसी व्यक्त गर्नु हुँदै यो अभ्यासले सहभागिहरु सबैको व्यवसायीक क्षमतामा थप अभिवृद्धि हुन गई सामूहिक एवम् समन्वयात्मक रुपमा प्रकोप न्यूनीकरण, राहत र उद्दार तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । सोही क्रममा उहाँले यो अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था एवम् व्यक्तिहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

३. उक्त कार्यक्रमको दौरान रक्षा मन्त्रालयका सहसचिव श्री कुल प्रसाद चुडाल, गृह मन्त्रालयका सहसचिव श्री कृष्ण राउत, US Army Pacific sf Deputy Commanding General, Major General Gregory Charles Bilton, ब्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री विनोद कुमार श्रेष्ठले समेत आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

४. उक्त अभ्यासको समापन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अन्य सुरक्षा निकायका अधिकारीहरु, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी लगायत अन्य विभिन्न सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।