बडादशैंको उपलक्ष्यमा नेपाली सेनाबाट बस सेवा संचालन

१. बडादशैं २०७३ को उपलक्ष्यमा घर विदामा जाने सकलदर्जा तथा वहाँहरुको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले आज मिति २०७३ आश्विन १८ गतेबाट ऐ. २३ गतेसम्म काठमाण्डौंबाट ईटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढ सम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरेको  छ । उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०६०० बजे छुट्ने र प्रति सैनिक व्यक्ति बढीमा ४ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।

२. त्यसैगरि, महानवमीदेखि एकादशीसम्म ३ दिन (आश्विन २४–२६) काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्धेश्यले उक्त ३ दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा प्रत्येक दिन ०६०० बजे, ११०० बजे र १६०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क संचालन गर्न मिलाईएको छ । रुट सम्बन्धि विवरण पछि जानकारी  गराईनेछ ।