प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ लेवनान तथा डार्फर खट्टिई जाने फौजको निरीक्षण

१. आज मिति २०६७ माघ २७ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Interim Force in Lebanon (UNIFIL) मा तैनाथ हुन जाने श्री युद्धभैरव गण (शान्ति सेना) ४९ औं डफ्फा र United Nations Hybrid Mission in Darfur (UNAMID) मा तैनाथ हुन जाने श्री फोर्स रिजर्भ कम्पनी तथा श्री सेक्टर रिजर्भ कम्पनी (शान्ति सेना) तेश्रो डफ्फाद्वारा संयुक्त रुपमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै नेपाल र नेपाली सेनाको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजागर पार्न आ–आफ्नो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्नमा कुनै कसुर बाँकी नराख्ने आशा लिएको बताउनु भयो । ३. कार्यक्रममा रक्षा सचिव श्री नविन घिमिरे, बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।